Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टाइब्रेकरमा किशोर हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

टाइब्रेकरमा किशोर हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

images

इच्छाकामना न्युज

२, चैत्र २०८०
टाइब्रेकरमा किशोर हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा
images

चितवन । टाइब्रेकरमा गोलकिपर किशोर कोइराला हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पेङ्गुइन भरतपुर २४ लाई टाइब्रेकरमा ३-१ ले हराउँदै घैरुङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ को दुई प्रहार रोकेका थिए भने एउटा बारमा लागेको थियो । 

त्यसअघि निर्धारित समयमा १(१ को बराबरी भएको थियो । भरतपुर २४ ले खेलमा अग्रत्ता लिए पनि जोगाउन सकेन । खेलको १५ औं मिनेटमा मनिष गिरीले सुन्दर फ्री किक गोलमा भरतपुर २४ लाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा नै घैरुङ खेलमा फर्कियो । ३० औं मिनेटमा सन्जय श्रेष्ठले बराबरी गोल फर्काए । विङ्गर सुरेश कुमालको क्रसमा सन्जयले सुन्दर हेडर गोल गरे । खेलमा थप गोल हुन सकेन र टाइब्रेकरमा धकेलियो । जसमा घैरुङ विजयी भयो । घैरुङका गोलकिपर किशोर म्यान अफ दि म्याच भए । 

घैरुङले अब फाइनल प्रवेशका लागि चैत ६ गते सेन्ट्रल कलेज २८ बिगाको सामना गर्नेछ । २८ बिगा यसअघि पहिलो क्वाटरफाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार तेस्रो क्वाटरफाइनल खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा रामपुर एफसी रड्स र आबुखैरहनी गाउँपालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - ०७:५४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology