गोरखा । चार महिनादेखि सम्पर्कविहिन शहिद लखन गाउँपालिका–३ का ८४ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । सोही वडाको कुसुमपानीको जंगलमा सोमवार झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘गत कात्तिक महिनाको २० गतेदेखि परिवारसँग सम्पर्कविहीन भएका रहेछन्,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘मंसिर १ गते खोजी गरिदिन भन्दै हाम्रो कार्यालयमा परिवारजनले निवदेन दिनुभयो, मंगलवार रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला प¥यो ।’ शरीरमा छाला र हड्डी मात्र रहेको र शवबाट गन्ध समेत आउन थालेको उनले जानकारी दिए । आवश्यक मुचुल्का गरेर शव आफन्तलाई बुझाइएको बताइएको छ ।