Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२४’को उपाधि

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२४’को उपाधि

एजेन्सी

२७, फाल्गुण २०८०
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२४’को उपाधि
images

काठमाडौं । ७१ औं संस्करणको ‘मिस वल्र्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।

images
images

क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् । प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।

यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङ थिए ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०८:१५:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology