Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते

images

एजेन्सी

२१, फाल्गुण २०८०
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते
images

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चार माध्यमलाई यसबारे जानकारी गराएका छन् ।

वर्षा र  बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध  भएको छ ।  बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ ।  

घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - ०८:०७:२८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology