Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बुंकोटको आधारभूत स्वास्थ्यकेन्द्रलाई रोटरी क्लवद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

बुंकोटको आधारभूत स्वास्थ्यकेन्द्रलाई रोटरी क्लवद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०८०
बुंकोटको आधारभूत स्वास्थ्यकेन्द्रलाई रोटरी क्लवद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
images

बुंकोट । रोटरी क्लव अफ काठमाडौ नर्थले गोरखाको बुंकोटस्थित एक स्वास्थ्य संस्थालाई स्वास्थ सम्बन्धी सामग्री उपलब्ध गराएको छ । रोटरी क्लव अफ गोरखाको समन्वयमा सो क्लवले सहिद लखन गाउँपालिका ८ स्थित बुंकोट आधारभूत स्वास्थ्य केन्द्रलाई शुक्रबार एक समारोहका बीच स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।

वडाअध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा रोटरी क्लव अफ काठमाडौँ नर्थले बुंकोट आधारभूत स्वाथ्यकेन्द्रका लागि २५० थान डक्टर म्याक्स सर्जिकल ग्लोब्स, २५० थान सर्जिकल ग्लोब्स, डिजिटल थर्मोमिटर पाँच थान, फिंगलटिप्सप्लस अक्सिमिटर तीनथान, ब्लडप्रेसर नाप्ने यन्त्र दुईथान, तौल गर्ने उपकरण एकथान, टु इन वान वेट मेसिन एकथान र एकथान ल्यापटप प्रदान गरेको हो ।

सो कार्यक्रममा रोटरी क्लव अफ गोरखाका अध्यक्ष ज्ञानहरि अर्याल, पूर्व अध्यक्ष पवनरमण खनाल, रोटरी क्लव अफ काठमाडौँ नर्थका अध्यक्ष सुवास घिमिरे, नेपाल टेलिभिजनका डाइरेक्टर राजकुमार थापा, सहिदलखन गाउँपालिका ८ का पूर्व वडाअध्यक्ष काशिनाथ अम्गाईलगायतले मन्तव्य ब्यक्त गरेका थिए । उनीहरुले रोटरी क्लव अफ काठमार्डौ नर्थबाट प्राप्त सो सामग्रीले स्वास्थ्य केन्द्रको कार्य सञ्चालनमा ठूलो मद्दत पुग्ने भन्दै आभार व्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - ११:३३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology