Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वाफ च्याम्पियनसिप फुटबल : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले खेल्न नपाउने

वाफ च्याम्पियनसिप फुटबल : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले खेल्न नपाउने

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०८०
वाफ च्याम्पियनसिप फुटबल : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले खेल्न नपाउने
images

काठमाडौं ।आज वाफ च्याम्पियनसिप फुटबलको फाइनल हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।

नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। यो खेलमा दुवै टोली अपराजित छन्।

समूह बीको नेपालले सिरिया, इराक प्यालेस्टाइनलाई समूह चरणमा हराएको थियो। लेबनानले गुआम साउदी अरब र लेलबनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लेबनान साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा ‘डेब्यू’ खेल हो।

डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।

तर यो खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले खेल्ने छैनन्। उनी फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएकोले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन्। नेपाल फुटबल संघ एन्फाले सावित्राले आजको खेल गुमाउने जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - ०९:४६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology