Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इप्रका आँबुखैरेनीद्वारा ठुलो परिणाममा लागुऔषध सहित १ जना पक्राउ

इप्रका आँबुखैरेनीद्वारा ठुलो परिणाममा लागुऔषध सहित १ जना पक्राउ

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
इप्रका आँबुखैरेनीद्वारा ठुलो परिणाममा लागुऔषध सहित १ जना पक्राउ
images

आबुँखैरेनी । इलाका प्रहरी कार्यालय आबुँखैरेनीले ठूलो परिमाणमा लागू औषध ओसारपोसार गरिरहेका एक युवालाई पक्राउ गरेको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख २९६ नंबरको बसमा चेकजाँच गर्ने क्रममा रुपन्देही जिल्ला समरीमाई गाउँपालिका वडा नं २ घर भएका ३६ वर्षीय सलिम धुनियालाई आठसय ९४ थान लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले जनाएको छ ।

धुनियाको साथबाट प्रहरीले कालो झोलाभित्र लुकाएर ल्याएको फेनार्गन २९८ थान, बुप्रेनोर्फिन २९८ थान र डाइजेपाम २९८ थान गरी ८९४ थान लागु औषध बरामद गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । धुनियालाई तनहूँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप्ने अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - २२:४०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology