Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रुस-युक्रेन युद्धमा मारिएका नेपालीको सम्झनामा दीप प्रज्वलन

रुस-युक्रेन युद्धमा मारिएका नेपालीको सम्झनामा दीप प्रज्वलन

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०८०
रुस-युक्रेन युद्धमा मारिएका नेपालीको सम्झनामा दीप प्रज्वलन
images

काठमाण्डौ । रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा मृत्युवरण गरेका नेपालीको सम्झनामा आज साँझ पाशुपत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ ।

 ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानद्वारा आयोजित दीप प्रज्वलनमा मानवअधिकारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक व्यक्ति, पीडित परिवारका सदस्यलगायतको सहभागिता थियो । 

अभियानकी संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएकाले सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् । 

सरकारले मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले फसेका नेपालीको उद्धारका साथै घाइतेको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् । सो अभियानले रुसी सेनामा भर्ती हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौँदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाती नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्तिलगायत माग गरेको छ । 

अभियानले नेपाली नागरिकको जीवनरक्षाका लागि उनीहरुलाई सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै यहाँस्थित रुसी दूतावास, संयुक्त राष्ट्रसंघको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - ०६:०९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology