Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आजको मौसम : ३ प्रदेशमा हल्का वर्षा

आजको मौसम : ३ प्रदेशमा हल्का वर्षा

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०८०
आजको मौसम : ३ प्रदेशमा हल्का वर्षा
images

काठमाडौं । आज तीनवटा प्रदेशमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका १-२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको हो।

पश्‍चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्‍चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - ०६:०५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology