Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फ्राइडे रिलिज: आजदेखि ‘गोर्खा वारियर’ प्रदर्शनमा, कस्तो छ फिल्म?

फ्राइडे रिलिज: आजदेखि ‘गोर्खा वारियर’ प्रदर्शनमा, कस्तो छ फिल्म?

इच्छाकामना न्युज

११, फाल्गुण २०८०
फ्राइडे रिलिज: आजदेखि ‘गोर्खा वारियर’ प्रदर्शनमा, कस्तो छ फिल्म?
images

काठमाडौँ । आज (शुक्रवार) देखि फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । यसअघि बेलायतसहित नेपालका विभिन्न शहरमा ग्राण्ड प्रिमियर गरिएको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

images
images

एक्सन जनरामा निर्माण गरिएको यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ । गोर्खाली सैनिकको वीरताको गाथा समेटिएको यो फिल्मले युद्धमा लड्न जाने नेपाली युवाको कथा र त्यसले परिवारमा पारेको प्रभावलाई पस्केको छ ।

निर्देशक मिलन चाम्सका अनुसार यो फिल्ममा काल्पनिकभन्दा पनि वास्तविक गोर्खाली सैनिकको कथालाई पर्दामा उतारिएको छ । फिल्ममा सन् १९४९ सालको कथा प्रस्तुत गरिएको छ ।

कस्तो छ फिल्म?

यो फिल्ममा पुरानो नेपाली परम्परा, तत्कालीन समाज र गोर्खाली सैनिक युद्धमा होमिरहेका बेला परिवारमा आउने विचलनलाई पृथक तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा रितेश चाम्सले शीर्ष भूमिकामा अभिनय गरेका छन् । उनको अभिनयमा दम छ ।

यस्तै पहाडी जीवनको परिवेश, तत्कालीन समयमा बाँच्नुपर्ने दुःखद जीवनशैलीलाई पनि फिल्ममा समावेश गरिएको छ ।

त्यतिबेला अहिलेको जस्तो इन्टरनेट सुविधा नहुँदा मानवीय जीवनशैली कस्तो थियो भन्ने फिल्ममा प्रस्तुत गरिएको छ । निर्देशक मिलन चाम्सले शायद पहिलोपटक यो तहको फिल्म निर्देशन गरेका छन् । उनका यसअघिका फिल्मका तुलनामा यो फिल्म अब्बल छ ।

छोटो भूमिकामा देखिए पनि अभिनेता विजय लामाको अभिनयमा दम छ । फिल्मको कथा भने केही सुस्त गतिमा अगाडि बढिरहेको हो कि भन्ने लाग्छ । यद्यपि कलाकारहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन ।

फिल्म हेरिरहँदा गोर्खाली सैनिकको कथा नभएर नेपालमा भएको माओवादी र सेनाको युद्ध हो कि भन्ने आभास हुन्छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - १३:३३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology