Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

वित्त आयोगको मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका जिल्लामै दोस्रो

वित्त आयोगको मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका जिल्लामै दोस्रो

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८०
वित्त आयोगको मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका जिल्लामै दोस्रो
images

आँबुखैरेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिका जिल्लामै दोस्रो भएको छ । आयोगले आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिकाले गरेको कार्यसम्पादनको मूल्याङ्कन गर्दा ३५.६८ अंक ल्याएर जिल्लामा दोस्रो भएको हो ।

जिल्लाको १० वटा स्थानीय तह मध्य आयोगको मूल्याङ्गनमा सबैभन्दा बढि ४१.७६ अंक ल्याएर भिमाद नगरपालिका जिल्ला प्रथम भएको छ । 

यस्तै आयोगको मूल्याङ्कनमा ३४.९९ अंकका साथ ब्यास नगरपालिका तेस्रो, ३४.०१ अंक ल्याएर रिसिङ गाउँपालिका चौथो, २९.६२ अंक ल्याएर भानु नगरपालिका पाँचौ, २९.२६ अंक ल्याएर शुक्लागण्डकी नगरपालिका छैटौं, २४.६८ अंक ल्याएर बन्दिपुर गाउँपालिका सातौ, २४.५२ अंक ल्याएर म्याग्दे गाउँपालिका आठौं, १८.७६ अंक ल्याएर घिरिङ गाउँपालिका नवौं र १६.३७ अंक ल्याएर देवघाट गाउँपालिका अन्तिम स्थानमा परेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - ११:२१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology