Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

प्रगति मार्ग टोलको १६ औं साधारणसभा तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न

प्रगति मार्ग टोलको १६ औं साधारणसभा तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८०
प्रगति मार्ग टोलको १६ औं साधारणसभा तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न
images
आँबुखैरेनी । प्रगति मार्ग टोल सुधार समिति आँबुखैरेनी गाउँपालिका-३,तनहुँको १६ औं साधारणसभा तथा वार्षिक उत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । आँबुखैरेनी पार्टी प्यालेस एण्ड रेस्टुरेन्टमा समितिका अध्यक्ष दिनेश कार्कीको सभापतित्व तथा वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सीको प्रमुख आतिथ्यतामा सो टोल सुधार समितिको १६ औं साधारणसभा तथा वार्षिक उत्सव सम्पन्न भएको हो ।
428677296_818148673667249_5077720744436985306_n.jpg

समितिका उपाध्यक्ष बिमला कुँवरले स्वागत मन्तव्य राख्नुभएको र समितिका सचिव प्रताप थापाले संचालन गर्नुभएको साधारणसभा तथा वार्षिक उत्सव कार्यक्रममा समितिका अध्यक्ष दिनेश कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठ, पुर्व क्याम्पस प्रमुख ऋषि के.सी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा समितिले प्रगतिटोल निवासी जल तथा मौसम विज्ञान( M.Sc.) २०७३ मा प्रथम हुन सफल बिनोद ढकाललाई सम्मान गरेको छ । साथै, उक्त कार्यक्रममा विविध साँस्कृतीक नृत्य प्रस्तुत गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - ०७:४९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology