Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुरिनटारमा रहेको प्रगति पाठशालाले मनायो १८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

कुरिनटारमा रहेको प्रगति पाठशालाले मनायो १८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

इच्छाकामना न्युज

३, फाल्गुण २०८०
कुरिनटारमा रहेको प्रगति पाठशालाले मनायो १८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस
images

कुरिनटार । चितवनको  इच्छाकामना ४ कुरिनटारमा अवस्थित प्रगति पाठशाला कुरिनटारले १८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । प्रगति पाठशालाले एक समारोहकाबिच बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।

images
images

426526903_2726895344117791_4236667699288585280_n.jpg

बागमती प्रदेशस सांसद कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो  । कार्यक्रममा प्रिन्सिपल टंकप्रसाद त्रिपाठीले वार्षिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । सो अवसरमा एसइई परिक्षामा उतकृष्ट अंक ल्याउन सफल विषयगत शिक्षकहरु इश्वरविलास अधिकारी, त्रिविक्रम ढकाल र सुदर्शन कट्टेललाई सम्मान गरेको थियो ।

423568375_1095660888340605_5011020334094480208_n1708011251.jpg

कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद सिलवाल, विशिष्ट अतिथि  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,  वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, अभिभावकहरुको तर्फबाट वासु सिलवाल, शिक्षक अभिभावक संघका तर्फबाट  सावित्रा सिलवाल, सर्वशान्ति माविका प्रधानाध्यापक जोहन खरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

426478247_2726892087451450_2653145344742920664_n.jpg

विद्यालयका अध्यक्ष ध्रुब त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रिन्सिपल इश्वरविलास अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - २३:५७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology