घैरुङ । चोरी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । शहीदलखन गाउँपालिका–६ घैरुङका ३१ बर्षीय बिक्रमकुमार योगीलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
योगी बिरुद्ध गोरखा जिल्ला अदालतले एक महिना १५ दिन कैद र एक हजार २ सय ५० रुपैया जरिवाना सजाय सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई फरार अभियुक्त पक्राउ गर्नका लागी परिचालित फैसला कार्यान्वयन बिशेष टोलीले पक्राउ गरेको हो ।
सजाय भुक्तानका लागी योगीलाई अदालत पठाइएको र अदालतले कैद असुल उपरका लागी कारागार चलान गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए ।