Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

इच्छाकामना न्युज

२८, माघ २०८०
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
images

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।

images
images

विधान अधिवेशनको अन्तिम तयारीका लागि छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बैठक बिहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । 

आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को समीक्षा हुने र त्यसबाट आएका सुझावहरूलाई समेटेर विधान सम्मेलनबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए । 

माओवादीले फागुन १ गतेदेखि काठमाडौं मै विधान सम्मेलन गर्दैछ । पार्टीलाई विधानमा संशोधन र आवश्यक सुधार गर्न माओवादी केन्द्रले विधान सम्मेलन गर्न लागेको हो ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०९:०६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology