Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकातिर बन्नुपर्ने पुल अन्यत्रै, सात वर्षपछि भेटियो अलपत्र अवस्थामा

एकातिर बन्नुपर्ने पुल अन्यत्रै, सात वर्षपछि भेटियो अलपत्र अवस्थामा

पत्रपत्रिका

२६, माघ २०८०
एकातिर बन्नुपर्ने पुल अन्यत्रै, सात वर्षपछि भेटियो अलपत्र अवस्थामा
images

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो।

images
images

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भइरहेको फेला परेको जानकारी दिए। कागजात अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/७४ मा बजेट विनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपैयाँ लागतमा शङ्करमाली किरातेश्वर जेभी कोटेश्वर काठमाडौँसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो ।

मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत कम्पनीलाई दिएको कार्यादेशमा सुनसरीको साबिक अमडुवा वडा नम्बर ५ र ८ को टेङ्ग्रा खोलामाथि बनाउन भनेको थियो । यो हालको बर्जु गाउँपालिका–४ मा पर्छ तर पुल भने सुनसरीको साबिक अमाहिबेल्ला गाविस वडा नम्बर ७ र रामगञ्ज बेलगछिया गाविस–५ स्थित सीतागञ्जको पासमन टोलमा निर्माणाधीन भेटिएको छ । पुल निर्माण भइरहेको हालको स्थान बर्जु गाउँपालिका वडा नम्बर ५ र २ मा पर्छ ।

पुल निर्माणको योजना अनुसारको बजेट भने बर्जु गाउँपालिका–४, टेङ्ग्रा खोलाका लागि तोकेर आउने गरेको छ। एक स्थानमा निर्माण हुनुपर्ने पुल भने अर्को स्थानमा निर्माण गरेर बजेट दुरुपयोग गरिएको पाइएको छ।

बर्जु गाउँपालिका–४, अवडुवास्थित टेङ्ग्रा खोलामाथि पुल निर्माण भइरहेको र क्रमागत योजना अनुसार बजेट विनियोजन र भुक्तानी भएको देखिएपछि स्थानीय तहले चासो दिएको थियो । यस क्रममा अमडुवामा बन्नुपर्ने पुल सीतागन्जमा बनिरहेको पाइएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि समेत ८९ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको देखिएपछि स्थानीय तह बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले जुन स्थानका लागि योजना तथा बजेट तोकेर आएको हो, त्यही स्थानमा निर्माण गर्न मन्त्रालयमा पत्राचार गरेको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - ०७:५८:५० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology