Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा

एजेन्सी

२६, माघ २०८०
पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा
images

दक्षिण अफ्रिकामा जारी यू–१९ एक दिवसीय विश्वकप क्रीकेट अन्तर्गत गएरातीको खेलमा अष्ट्रेलिया  विजयी भएको छ ।

images
images

योसँगै उपाधिका लागि अष्ट्रेलिया  र भारत भिड्ने भएका हुन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई १ विकेटले पराजित गर्दै अस्ट्रेलियाले भारतसंगको भेट पक्का गरेको हो ।

पाकिस्तानले दिएको १७९ रनको लक्ष्य अस्ट्रेलियाले ४९ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत फाइनल प्रवेश गरिसकेको थियो ।

यसअघि गत मंसिरमा भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा भएको थियो ।

फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अस्ट्रेलियाले एक दिवसीय विश्वकपको उपाधि जितेको थियो ।

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - ०७:४९:४३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology