गोरखा । शहिद लखन गाउँपालिकामा हुन लागेको अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि वडा नं ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ ।
वडा नं ८ का निवासी हाल अमेरिकामा रहेका अर्जुन भण्डारीले वडा न ८ लाई खेलकुद सामग्री सहयोग गरेका हुन् ।
वडा नं ८ बाट सहभागिता हुने खेलाडीहरुका लागि खेलकुद सामग्री खरिद गर्न रु २० हजार सहयोग प्राप्त भएको वडा अध्यक्ष बासुदेव ढकालले बताए ।
उक्त रकमबाट १३ सेट जर्सी, भलिबल, नेट, हाते पम्प लगायतका सामग्री खरिद गरेको ढकालले जानकारी दिए ।
उनका अनुसार खेलाडीको व्यवस्थापना र हौसलाका लागि वडा समितिले सहयोगका लागि अनुरोध गरेका थिए ।
प्रथम शहिद लखन थापा मगरको स्मृति दिवसको अवसरमा आगामी माघ २८ गते देखि फागुन २ गते सम्म शहिदलखन गाउँपालिकामा अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुदैछ ।
प्रतियोगितामा प्रथम, हुने टिमले एक लाख ११ हजार १११ रुपैया प्राप्त गर्ने छ । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५५ हजार ५५५, ३३ हजार ३३३ रुपैया प्राप्त गर्नेछ । सान्त्वना हुनेलाई २२ हजार २२२ रुपैया गर्ने गाउँपालिकाले जनाएको छ ।