Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ऐतिहासिक पर्यटकीय स्थल इच्छाकामनाको उपर्दाङ्गढीमा गाउँपालिकाद्वारा भौतिक संरचना निर्माण

ऐतिहासिक पर्यटकीय स्थल इच्छाकामनाको उपर्दाङ्गढीमा गाउँपालिकाद्वारा भौतिक संरचना निर्माण

रासस

२२, माघ २०८०
ऐतिहासिक पर्यटकीय स्थल इच्छाकामनाको उपर्दाङ्गढीमा गाउँपालिकाद्वारा भौतिक संरचना निर्माण
images

मुग्लिन । इच्छाकामना गाउँपालिका–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर (प्राविधिक) भरत गुरुङका अनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।

images
images

422565526_1780875875714488_3364962436971341314_n.jpg

गोलघर, टिकट काउन्टर, पिकनिकस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको उहाँले जानकारी दिनुभयो । पर्यटकको मागअनुसार फोटो खिच्नका लागि आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा आइलगढी लेखेको संरचना निर्माण गरिएको सबइञ्जिनियर गुरुङले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो समय उपर्दाङगढीमा आन्तरिक पर्यटक बढेको जानकारी दिनुभयो ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गढीको संचरना पुरानै अवस्थामा रहने गरी जीर्ण भएका संरचना मर्मतका साथै केही नयाँ संरचना निर्माण गरेकोे उहाँको भनाइ थियो । गढीको संरक्षणका लागि हेरचाह तथा सरसफाइ गर्ने कर्मचारीको व्यवस्था गरिएको छ ।

422596739_1780875625714513_848798136017181531_n.jpg

अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको तोप कहाँ छ, त्यसका बारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।” स्थानीयवासी नवीन गुरुङले पनि पछिल्लो केही वर्षयता आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ विशेष गरेर आन्तरिक पर्यटकको आगमन बढेको छ, सार्वजनिक बिदा, शुक्रबार र शनिबार यहाँका होमस्टे भरिभराउ हुन्छन् ।” इतिहासमा उल्लेख भएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीँबाटै सञ्चालन हुन्थ्यो । सन् १९६० को सुरुसम्म उपर्दाङ्गढी चितवनको सदरमुकाम थियो । तल्कालीन बाइसेचौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा सत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियार घर, कुवा र दुईकोठे घर छन् ।

422686092_1780875785714497_3374245294775294462_n.jpg

यहाँबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लामटाङ, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र देखिन्छन् । गढी वरपर चेपाङ, मगर र गुरुङ समुदायको बस्ती छ । पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपर्दाङ्गढी, इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, सिराइँचुली, जलवीरे झरना र एकीकृत पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइने अध्यक्ष गुरुङले बताउनुभयो । पूर्वाधार निर्माणसँगै यहाँ पर्यटकको आवागमन वृद्धि भएको अध्यक्ष गुरुङको भनाइ थियो ।

 

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - २२:११:३१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology