Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग

images

एजेन्सी

२०, माघ २०८०
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग
images

काठमाण्डौ । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरेर परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।

कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब नौ लाख रुपैयाँ खर्चेर रुस जानुभएको परिवारले जनाएको छ ।

केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र अहिले सम्पर्कमा नरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै भक्तपुरकी चाँदनी विष्टले आफ्ना पति विभाजन, देवर निराजन र नाति लोकेन्द्र सम्पर्कमा भए पनि स्वदेश फिर्ता गराइदिन माग गर्नुभयो । रुसी सेनामा भर्ती भएर पनि नेपाल आउनुभएका सुमन राईले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। 

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - ०७:१८:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology