धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय खोरभञ्ज्याङ्गले विद्यालयको ६६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । सोमबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि विद्यालयको वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा मनाएको हो ।

विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य धर्मराज डल्लकोटिको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रमुख अतिथिको रुपमा सहभागी थिए । सो कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री जमरकट्टेलले विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सांसद मायादेवि शर्मा, बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, गाउ शिक्षा अधिकारी बोधराज पाठक, बिधालय सस्थापक प्रतिनिधि जगन्नाथ अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङ लगायत अतिथिहरु सहभागी थिए ।