Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै गोरखाका विद्यालयहरु पुनः बन्द

कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै गोरखाका विद्यालयहरु पुनः बन्द

इच्छाकामना न्युज

२१, आश्विन २०७७
कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै गोरखाका विद्यालयहरु पुनः बन्द
images

गोरखा २१ असोज । जिल्लामा असोज १ गतेबाट जोर विजोर प्रणालीमा मास्क लगाएर पठनपाठन गरेको विद्यालयहरुले आजबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी र उनीहरुका परिवारका सदस्यहरुलाइ कोरोना सङ्क्रमण भएपछि विद्यालयहरु बन्द भएका हुन् । गोरखाका केही विद्यालयका विद्यार्थी शिक्षकहरु सङक्रमित भएका हुन ।

images
images

विद्यालय अनिवार्य उपस्थित हुन गरिएको आह्वानलाइ कार्यान्वयन गर्न विद्यालय पुगेका शिक्षकहरुमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको गोरखा नगरपालिका गोरखाका एक विद्यालयका प्रधानाध्यापकले बताए । कोरोना लागेका परिवारका सदस्य भित्रका विद्यार्थीहरु नियमित विद्यालय आइरहेका थिए । आजबाट बन्द गरेका छौ‌ँ । ति विद्यार्थीको परीक्षण पछिको नतिजा अनुसार विद्यालयमा शिक्षक विद्यार्थीको कन्टयाक्ट ट्रेसिङका लागि अनुरोध गरिने उनले बताए ।

गोरखाका कतिपय स्थानीय तहले अघोषित रुपमा नै भदौ १ गतेदेखि नियमित पठनपाठन गराइरहेका छन् । गोरखा नगरपालिका भित्रका विद्यालयहरुले भने सिकाइ सहजीकरणका नाममा गाउँ गाउँ र विद्यालयमा विद्यार्थी भेला गरेर शिक्षण गराइरहेका छन् ।

कतिपय विद्यालयहरुले अनौपचारिक भन्दै विद्यालय पोषाक बाहिरको पोषाकमा विद्यार्थीहरुलाइ विद्यालयमा बोलाएर नियमित पठनपाठन गराइरहेका छन् । बालबालिकाहरुको शिक्षा आर्जन गर्ने चरणलाइ स्वस्थ रहन पाउने चरण भन्दा अघि राखेका कारण रोगको प्रकोप बढ्ने खतरा रहेको एक शिक्षकले बताए ।

असुरक्षित रुपमा विद्यालय खोलेर पठनपाठन गराउने विद्यालयका प्रशासकलाइ कारवाही गर्न यसअघि नागरिक समाजका प्रतिनिधीहरुले आग्रह गर्दै आएका थिए । विश्वभरी फैलिएको महामारीलाइ सामान्य आँकलन गरी स्वास्थ्यमा हेलचेक्राइँ गर्न नहुने उनीहरुले बताएका छन् ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - ०७:३७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology