Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शहिद लखनको खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला

शहिद लखनको खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला

images
शहिद लखनको खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला
images

गोरखा । शहीद लखन गाउँपालिका–५ खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ बर्षीय पुरुषको शव सडे गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘भित्तामा आड लागेर बसेको अवस्थामा शव थियो,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएका छौँ ।’

स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८० सोमवार - २१:१३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology