मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं–५, मुग्लिन बजारमा डिब्बा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।
मुग्लिन बजारको तीनकुने चोकमा नवलपरासीबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ८३४३ नम्बरको डिब्बा ट्रकले पैदलयात्री नामथर र वतन नखुलेको मागी खाई हिँड्ने अन्दाजी ४० वर्षको पुरुष व्यक्तिलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागी गम्भीर घाइते भएका निज पुरुषको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको र ट्रक तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।