Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा शहिद लखन बुंकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, सचेतना अपनाउन गाउँपालिकाको अनुरोध

गोरखा शहिद लखन बुंकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, सचेतना अपनाउन गाउँपालिकाको अनुरोध

गोरखा शहिद लखन बुंकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, सचेतना अपनाउन गाउँपालिकाको अनुरोध
images

बुंकोट । बिश्वमा कोभिड– १९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टी भएको छ । शहिद लखन गाउँपालिका–७ बुंकोटका ४० बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टी भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।

images
images

तर उक्त भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने एकीन नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । ‘ज्वँरो र रुघाखोकी लागेर सोमवार अस्पतालमा उपचार गराउन आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँमा देखिएको लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो देखिएकाले हामीले एन्टिजेन परिक्षण ग¥यौ, रिपोर्ट पोजेटिभ देखियो ।’

उनलाई होम आइसोलेसनमा बस्न भनिएको र स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा समेत खवर गरिएको श्रेष्ठले जानकारी दिइन् । ‘ट्राभर हिस्ट्री’ भरतपुर देखिएकाले उतै संक्रमण भएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

420182679_344080541868259_4441885364686168194_n.jpg

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०९:१२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology