मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा बलेरो जीप खसेर दुर्घटना भएको छ ।
मङ्गलबार विहान सवा ४ बजेको समयामा काठमाडौँबाट नारायणगढ तर्फ जादैँ गरेको बि आर ०९ जिसि १४३० नम्बरको भारतीय बलेरो जीप त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।
गाडी नदीमा खसेको सुचना पाएपछि शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको गोताखोरको टिम परिचालन गरेका थिए । गोताखोर टिमले नदीभित्र पसेर गाडीको खोजी गरेका थिए ।
गाडीमा मानिस नभेटिएको गोताखोरलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मुग्लिनले प्रहरीले जनाएको छ । गाडीलाई नदीबाट निकाल्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।