घैरुङ । गोरखाको शहिद लखन गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको गाउँसभा बिहिबार घैरुङमा सम्पन्न भएको हो ।

सभाले तिन वटा कार्यविधि पारित गरेको गाउँपालिकाका सूचना अधिकारी पूर्ण गहतराजले जानकारी दिए । उनका अनुसार लेखा, सुशासन र विद्यायन सम्बन्धि कार्यविधि गाउँसभाले पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापाको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा उपाध्यक्ष इन्दिरा तिवारीले गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक राजश्व प्रगति विवरण र न्याय प्रगती विवरण प्रस्तुत गरेका थिए ।