Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अर्बौ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षभर जम्मा पाँच उडान

अर्बौ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षभर जम्मा पाँच उडान

पत्रपत्रिका

२३, पौष २०८०
अर्बौ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षभर जम्मा पाँच उडान
images

काठमाडौं । अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तराष्ट्रिय चार्टर उडान भएको छ।

images
images

वार्षिक १० लाख हवाइ यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ। गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तराष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८–९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए।

त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो। भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अवतरण गरेको उक्त जहाजमा सात जना चालकदल सदस्य र तीन जना पर्यटक पोखरा अवतरण गरेका थिए । उक्त विमान भुटान फर्किँदा पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए।

त्यस्तै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएको राहत सामग्री बोकेर गत कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेका थिए।

उड्डयन कार्यालयका अनुसार पोखरामा गत मङ्सिर ७ गते चौथो पटक अन्तरराष्ट्रिय चार्टर उडान भएको थियो । मङ्सिर ९ गते पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट हिमालयन एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो । उक्त उडानबाट १०४ जना यात्रु पोखरा अवतरण गरेका थिए । सञ्चालनको एक वर्षमा पोखराबाट एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन।

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - ०८:५४:३८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology