मायाटार । चितवनको इच्छाकामना गाउँपालिका २ मायाटारमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पहाडी भूभागमा बसोबास गर्ने बिपन्न समुदायका लागि चितवन मेडिकल कलेज र विभिन्न संघसंस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

इच्छाकामना गाउँपालिका वडा न २ मायाटार स्थित स्वास्थ्य चौकीमा सम्पन्न स्वास्थ शिबिरबाट २९३ जनाले सेवा लिएको सामाजिक अभियानता केपी किरण शर्माले जानकारी दिनुभयो ।