Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालको सोलुमा सरुवा

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालको सोलुमा सरुवा

images

इच्छाकामना न्युज

२०, पौष २०८०
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालको सोलुमा सरुवा
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालको सरुवा भएको छ । अधिकृत भुषालको केहि दिन अघि सरुवा भएको हो । उनको खुम्बु पासाङल्हामु गाउँपालिका चौंरीखर्क, सोलुखुम्बुमा सरुवा भएको छ ।

नयाँ ठाउँमा सरुवा भएका अधिकृत भुषाललाई इच्छाकामना गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले आज पालिकामै एक कार्यक्रमको आयोजना गरी बिदाइ तथा फेरि भेटौला कार्यक्रम गरेको छ । करिब १६ महिना अघि इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न आईपुगेका भुषालले आफ्नो कार्यकायल भित्र थुप्रै कामहरुका सुरुवात गरेका थिए । 

उनले इच्छाकामना बसाईको क्रममा गरेका मुख्य कामहरुमा इच्छाकामना आधारभुत अस्पताल बनाउनका लागि स्वाथ्य मन्त्रालयबाट छुट्टै बजेटको व्यवस्थापन गर्न पहल गरी १८ करोड बजेट बिनियोजन गर्न सफल भएका थिए भने कृषिमा क्षेत्रमा पनि कृषि एम्बुलेन्स लगायत अन्य शीर्षकमा झण्डै २ करोड भन्दा बढि छुट्टै बजेट व्यवस्थापन गर्नमा सफल भएका थिए । 

यस्तै भुषालकै पहलमा गाउँपालिकाको नयाँ बनेको प्रशासकीय भवनमा पहिलेको योजना अनुसार २ तला मात्र भएकोमा त्यसमा पूर्वाधार मन्त्रालयबाट थप बजेटको व्यवस्थापन गरी थप २ तला थप्न सफल भएका थिए । उनले विगतमा गाउँपालिकामा धाएर गर्नुपर्ने कामहरु अधिकांश वडाबाटै गर्ने व्यवस्था गरेर सेवाग्राहीलाई सहज बनाउने व्यवस्था गर्नुका साथै कर्मचारीका कारण सेवाग्राहीलाई क्षति पुगे दोषी कर्मचारीबाटै सेवाग्राहीलाई क्षतिपूर्ति भराउने व्यवस्था समेत गराई सेवाग्राही मैत्री नमूना काम लागु गरेका थिए । 

भुषाल सरुवा भएसँगै इच्छाकामनामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने टुंगिसकेको छैन । 

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - २३:००:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology