Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इलाका प्रहरी कार्यालय मुग्लिन आजदेखि नयाँ भवनमा, अतिरिक्त महानिरीक्षक मीरा चौधरीद्वारा उद्घाटन

इलाका प्रहरी कार्यालय मुग्लिन आजदेखि नयाँ भवनमा, अतिरिक्त महानिरीक्षक मीरा चौधरीद्वारा उद्घाटन

इच्छाकामना न्युज

२०, पौष २०८०
इलाका प्रहरी कार्यालय मुग्लिन आजदेखि नयाँ भवनमा, अतिरिक्त महानिरीक्षक मीरा चौधरीद्वारा उद्घाटन
images

मुग्लिन ।  चितवनको इच्छकामना गाउँपालिका ५ मुग्लिनमा  नवनिर्मित  इलाका प्रहरी कार्यालय मुग्लिङको भवनको उद्घाटन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले एक  सामारोहकाबिच  भवनको उद्घाटन गर्नुभएको हो । 

images
images

भवनको उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक चौधरीले भवन निर्माणले इलाका प्रहरी कार्यालय मुग्लिङ र मातहतका प्रहरी कार्यालयका प्रहरीहरुलाई हौसला र उत्प्रेरणा  मिल्ने विश्वास व्यक्त गर्नुभयो । सेवा प्रवाहमा भौतिक संरचाले प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाई छ । अतिरिक्त महानिरीक्षक चौधरी भन्नुभयो,“ शान्ति सुरक्षा र  मानव अधिकारको संरक्षण विपद्का बेला उद्धार  लगायतका कार्यमा नेपाल प्रहरीले उच्च मनोवलका साथ  सेवा दिदैँ आइरहेको सबैलाई सर्वविदितै छ, सेवा प्रवाहमा भौतिक संरचनाले पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ, यस भवन सञ्चालनसगैँ इलाका प्रहरी कार्यालय मुग्लिन र मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई हौसला र उत्प्रेरणा मिल्ने विश्वास लिएको छु । ”

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको बेला बनेको जिर्ण भवनमा जोखिमपूर्ण अवस्थामा बसेर सेवा दिनुपरेको  अवस्थामा अहिले यो नयाँ भवनले  प्रहरीको मनोवल बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।  मुग्लिन हुदैँ देशका सबै जसो नागरिकहरु, उच्च पदस्थ व्यक्तित्वहरु यात्रा गर्ने  भएकाले यहाँ सुरक्षा फौज बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,“मुग्लिन हुदैँ दैनिक देशका सबै जसो नागरिकहरु उच्च पस्थ व्यक्तित्वहरु यात्रा  गर्छन, यहाँ थुप्रै प्रकारको  सेवाहरु दिनुपर्ने हुन्छ ,त्यसकारण यहाँ सुरक्षा फौज बढाउन आवश्यक छ ,प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । ” 

जिल्ला प्रहरी कार्यालय चिवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राष्ट्र सेवक कर्मचारीका लागि भौतिक संरचना पनि मत्वपूर्ण हुने बताउनुभयो ।उहाँले भौतिक  संरचानको अभावमा पनि उत्कृष्ट सेवा दिदैँ आइरहेको बताउनुभयो । साथै उहाँले सुविधायुक्त भवन पाएसगैँ इलाका प्रहरी कार्यालय मुग्लिङबाट थप गुणस्तरीय सेवा प्रदान हुने विश्वास दिलाउनुभयो । 

नेपाल सरकारको नियमित बजेटबाट  इलाका प्रहरी कार्यालय मुग्लिनको भवन निर्माण कार्य सम्पन्न भएको हो ।भवनको निर्माणको प्रतिवेदन प्रश्तुत गर्दै बागमती प्रदेशका प्रहरी      उपरीक्षक  इन्जिनियर इश्वर थापाले  ५ करोड १७ लाख ९६ हजार  ९५५ रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिङको आफ्नै ४ कट्ठा  ६ धुर जग्गामा निर्माण गरिएको उक्त भवनको क्षेत्रफल ११२५।५ वर्गमिटरको रहेको छ । चार तले भवनको सानाठूला गरि  २७ वटा कोठा रहेको छ । 

वि.स. २०७७ असार १७ गते निर्माण कम्पनीसँग सम्झौता भई  २०८०  असार २१ गते भवन निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । १२ महिनामा निर्माण कार्य सक्ने गरि सम्झौता भएपनि कोरोना महामारी लगायतका कारणले ढिलाई भएको उहाँले सो अवसरमा बताउनुभयो । 

उद्घाटन समारोहका अवसरमा जिल्लामा शान्ति सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई  प्रशंसा पत्र प्रदान गरिएको थियो ।  

सो समारोहमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल,  बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरन राणा लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति  रहनुभएको थियो । 

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - २२:०३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology