Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कृषिमन्त्री डा. भुसालद्वारा प्रथम इच्छाकामना सुन्तला महोत्सवको उद्घाटन

कृषिमन्त्री डा. भुसालद्वारा प्रथम इच्छाकामना सुन्तला महोत्सवको उद्घाटन

images

इच्छाकामना न्युज

१६, पौष २०८०
कृषिमन्त्री डा. भुसालद्वारा  प्रथम इच्छाकामना सुन्तला महोत्सवको उद्घाटन
images

 इच्छाकामना :  चितवनको इच्छाकामनामा प्रथम इच्छाकामना सुन्तला महोत्सव सुरु भएको छ ।  गाउँपालिकाको आयोजनामा  आजदेखि सुन्तला महोत्सव सुरु भएको हो ।  
महोत्सवको  कृषि तथा पशुपंक्षी  विकास मन्त्री डा.  वेदुराम  भुसालले उद्घाटन गर्नुभयो । सुन्तला महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले किसानहरुलाई उत्पादन बढाउन आग्रह गर्नुभयो ।  उहाँले बजारीकरणका लागि  सरकारले सहयोग गर्ने निति लिएको बताउनुभयो । 
मन्त्री भुसालले स्थानिय बजारले मात्र नपुगे राष्ट्रिय स्तरमा बजारी करण गर्न संघिय सरकारले सहयोग गर्ने बताउनुभयो ।  राष्ट्रिय स्तरमा खपत हुन नसके वैदेशिक बजारमा  निर्यात गर्ने सकारको निति रहेको बताउनुभयो । उहाँले चीन भ्रमणका क्रममा प्रधामन्त्रीले  नेपालको उत्पादन चीन निर्यात गर्ने सम्झौतमा हस्ताक्षर  गरिएको बताउनुभयो । त्यसमा सुन्तला जन्य फलफुल पनि रहेको  बताउनुभयो । 

महोत्सवमा सुन्तला कसले धेरै खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिने जस्ता क्रियाकलापहरु ग्रिने उहाँको भनाई छ । महोत्सवको अवसरमा सुन्तला कृषकहरुलाई विभिन्न सामाग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकहरुद्वारा रोगव्यादी सम्बन्धि तालिमहरु दिने काम पनि  हुने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।साथै महोत्सवमा स्थानियले उत्पादनको परिकारहरु पाहुनलाई खुवाउने तथा  स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकीहरुको  प्रश्तुती रहने  अध्यक्ष गुरुङको भनाई छ ।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी,गाउँपालिका उपप्रमुख माया सिलवाल, गाउँपालिका निर्वमान अध्यक्ष गीता गुरुङ, गाउँपालिकामा सक्रिय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहनुभएको थियो । 
गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर माझगाउँमा सुन्तला महोत्सव सुरु भएको हो ।महोत्सव १८ गते सम्म सञ्चालन हुने छ । 4c24c8af-d18e-4ccc-bf3e-13461607c890.jpg

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - २०:४८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology