Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

ज्येष्ठ नागरिक दिवसको अवसरमा कोसेली बोकेर घरभेटमा इच्छाकामनाका उपाध्यक्ष माया सिलवाल

ज्येष्ठ नागरिक दिवसको अवसरमा कोसेली बोकेर घरभेटमा इच्छाकामनाका उपाध्यक्ष माया सिलवाल

images

इच्छाकामना न्युज

१२, पौष २०८०
ज्येष्ठ नागरिक दिवसको अवसरमा कोसेली बोकेर घरभेटमा इच्छाकामनाका उपाध्यक्ष माया सिलवाल
images


कालिखोला । चितवनको इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले गाउँपालिकाका ज्येष्ठ नागरिकसँग पौष्टिक आहारको कोसेली सहित घरभेट कार्यक्रम गरेका छन् । बुधबार परेको तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन पारेर गाउँपालिकाको वडा नं. ६ स्थित कालिखोलामा ज्येष्ठ नागरिकहरुसँग कोसेली सहितको घरभेट कार्यक्रम गरेको हो ।

414087785_3422876141336578_2541706244761338256_n.jpg

दिवसकै अवसर पारेर गाउँपालिकाकाले कालिखोलामा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वाथ्य परीक्षण तथा औषधी वितरण समेत गरेको छ । कालिखोलामा भएको उक्त कार्यक्रमको सभापति वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ रहेका थिए भने गाउँपालिका उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि रहेका थिए ।

415253348_3422875088003350_6498248590509328873_n.jpg

यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च इच्छाकामनाका अध्यक्ष विष्णुप्रसाद सापकोटा, सदस्यहरु जयलाल श्रेष्ठ, मिन बहादुर श्रेष्ठ र रमेश गुरुङ सहभागी थिए भने कार्यक्रममा ६० जना ज्येष्ठ नागरिकहरुलाई पौष्टिक आहार सहितको कोसेली र निःशुल्क स्वाथ्य परीक्षण तथा औषधी वितरण गरेको थियो ।

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - ०९:२५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology