फिस्लिङ । हिमालयन रिभरगाइड एसोसियन (हर्गान)को १५ औँ साधारणसभा सम्पन्न भएको छ । चितवनको इच्छाकामना ३ फिस्लिङमा साधारणभा सम्पन्न भएको हो ।
हर्गानका उपाध्यक्ष डोल बहादुर गुरुङको अध्यक्षता तथा निवर्तमान अध्यक्ष मानध्वज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा कोषाध्यक्ष दान बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रश्तुत गर्दै कोषाध्यक्ष गुरुङले हाल सम्म संस्थाको कोषमा ४ लाख ४३ हजार रहेको जानकारी दिनुभयो ।
यसैबिच हर्गानले स्थापना गरेको विपत्कोषमा विदेशमा रहेका रिभरगाइले बार्षिक रु ५ हजार र नेपालमा रहेको रिभरगाइडले रु दुई हजार ५०० जम्मा गर्नुपर्ने निर्णय गरेका छन् । हाल सम्म ७० जनाले उक्त कोषमा रकम समेत जम्मा गरिसकेको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
साधारण सभाले रिभरगाइड मजदुरहरको दैनिक ज्याला रु ३ हजार र टाढाको लामो जादाँ यात्रामा दैनिक ज्याला ४ हजार हुनुपर्ने माग गर्ने निर्णय गरेका छन् ।