उपरदाङगढी । इच्छाकामना गाउँपालिका वडा नं–७, उपरदाङगढीमा जिपको ढोकाबाट लडेर एक वृद्धा घाइते भएकी छन् ।
इच्छाकामना–७, उपरदाङगढी बस्ने ६० वर्षीया मनमाया गुरूङ प्रदेश ३–०३–००१ च ०३३८ नम्बरको जिपको ढोकाबाट लडेर घाइते भएकी हुन् ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा जिप चालक संलग्न रहेको प्रहरीले जनाएको छ ।







