काठमाण्डौ । चितवन इच्छाकामनाका पत्रकार हिरालाल गुरुङ काठमाण्डौमा पुरस्कृत भएका छन् । पत्रकार गुरुङ बुधबार काठमाण्डौमा पूर्वप्रधानसेनापति छत्रमान सिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
गुरुङ पत्रकारहरुको साझा संस्था तमू (गूरुङ) सञ्चारकर्मी संघ, नेपालले स्थापना गरेको २० हजार १ रुपैयाँ राशीको पूर्वप्रधानसेनापति छत्रमान सिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट गुरुङतर्फ इच्छाकामनाका पत्रकार गुरुङ पुरस्कृत भएको हो ।
पत्रकार गुरुङ इच्छागाउँपालिका वडा नं. २ डाडाँगाउँ निवासी हुन् । २०६७ सालदेखि तात्कालिन रेडियो मनकामना हालको इच्छाकामना एफएमबाट उनले पत्रकारिता सुरु गरेका हुन् । हाल उनी इच्छाकामना एफएममा समाचार प्रमुखको रुपमा कार्यरत रहनुका साथै सरकारी समाचार एजेन्सी राससको मुग्लिन प्रतिनिधिको रुपमा कार्यरत रहेका छन् ।