Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रुसका विपक्षी नेता नाभाल्नी जिवित भेटिए

रुसका विपक्षी नेता नाभाल्नी जिवित भेटिए

images

एजेन्सी

१०, पौष २०८०
रुसका विपक्षी नेता नाभाल्नी जिवित भेटिए
images

एजेन्सी । केही दिनदेखि सम्पर्कविहीन भएका रुसका विपक्षी नेता अलेक्सी नाभाल्नी जिवित रहेको खुलासा भएको छ । साइबेरियाको पनेल कोलोनीमा उनी जिवित फेला परेको उनका प्रवक्ता किरा यार्मिशले जानकारी दिएका छन् ।

रुसको कारगारमा रहेका नाभाल्नीलाई जेल स्थानान्तरण गरेपछि गत डिसेम्बर ६ देखि उनको अवस्था अज्ञात थियो । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रमुख प्रतिद्वन्द्वीका रुपमा रहेका नाभाल्नी सन् २०२१ देखि पक्राउ परी कारागारमा रहेका छन् ।

नाभाल्नीलाई यसअघि मस्कोबाट २३५ किलोमिटर टाढा पर्ने मेलेखोभा कारागारमा राखिएको थियो । सन् २०२१ को अगष्टमा घातक विष आक्रमणमा परेका ४४ वर्षीय नाभाल्नीको जर्मनीमा उपचारपछि स्वदेश फर्कदैं गर्दा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।
 

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - ०८:५५:५८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology