Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामनाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वशान्ति माविको ह्याट्रिक, प्रगती दोस्रो, ग्रीनफिल्ड तेस्रो

इच्छाकामनाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वशान्ति माविको ह्याट्रिक, प्रगती दोस्रो, ग्रीनफिल्ड तेस्रो

images
इच्छाकामनाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वशान्ति माविको ह्याट्रिक, प्रगती दोस्रो, ग्रीनफिल्ड तेस्रो
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा आयोजना गरिएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुरिनटारको सर्वशान्ति मावि पहिलो भएको छ । प्रतियोगितामा १० स्वर्ण, २ रजत, ३ कास्य  गरी १५ पदक सहित प्रथम भएको हो । यो सँगै सर्वशान्ति माविले तेस्रो पटक इच्छाकामनाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जित हासिल गरेको छ । 

यस्तै प्रतियोगितामा ६ स्वर्ण, ८ रजत र २ कास्य गरी १६ पदक सहित कुरिनटारकै प्रगती पाठशाला दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र १४ कास्य गरी २२ पदक सहित मुग्लिनको ग्रीनफिल्ड बोर्डिङ स्कुल तेस्रो भएको छ । इच्छाकामनाको ११ वटा मावि मध्य गर्दास मावि बाहेक १० वटा मावि सहभागी प्रतियोगितामा श्री मावि ढुङ्ग्रे पदकविहिन हुन परेको छ ।

प्रतियोगितामा हात्तिवाङ माविले १ स्वर्ण, ३ रजत र ३ कास्य, जनप्रिय माविले १ रजत, माँझगाउँ माविले २ स्वर्ण र ३ रजत, मस्र्याङ्गदी शिक्षा सदन मुग्लिनले ३ रजत र ६ कास्य, मुग्लिनको त्रिवेणी माविले १ स्वर्ण, ४ रजत र २ कास्य र रानीखोला मावि सिमलढापले १ स्वर्ण जितेको छ । 

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १०:१६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology