Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल तामाङ्ग घेदुङ् इच्छाकामनाले सोनाम ल्होछारको अवसरमा सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रम गर्ने

नेपाल तामाङ्ग घेदुङ् इच्छाकामनाले सोनाम ल्होछारको अवसरमा सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रम गर्ने

इच्छाकामना न्युज

१७, माघ २०७७
नेपाल तामाङ्ग घेदुङ् इच्छाकामनाले सोनाम ल्होछारको अवसरमा सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रम गर्ने
images

सुनिता लामा, चितवन, १७ माघ । नेपाल तामाङ्ग घेदुङ् इच्छाकामनाले आउँदो २८५७ औं नयाँ वर्ष अर्थात सोनाम ल्होछारको अवसर पारी साँस्कृतिक सहितका बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । आज इच्छाकामना गाउँपालिका ७ स्याङ्दिमा पत्रकार सम्मेलन गरी "राष्ट्रिय जनगणना २०७८ मा तामाङ्ग जाती, तामाङ्ग भाषा, बौद्ध धर्म लेखौ, कोविड १९ माहामरीमा सोनाम ल्होछार २८५७ घर घरमा भब्य रुपले मनाऔ" भन्ने नाराका साथ कार्यक्रम गरिने कुरा जानकारी गराइएको हो । इच्छाकामना गाउँपालिका वडा न.७ स्थित उर्गेन लिङ बौद्ध गुम्बा, सुन्दर वस्तीमा बिहान १० बजे देखि सुरु हुने उक्त कार्यक्रममा सास्कृतिक, जनचेतना तथा शुभ कामना आदान प्रदान गरिने तामाङ्ग घेदुङ सङ्घ इच्छाकामनाका अध्यक्ष इन्द्रमाया लामाले जानकारी गराउनुभयो । उहाँका अनुसार कार्यक्रममा सेलो नृत्य प्रतियोगीता र गत वर्षका एस इ इ उत्तीर्ण विधार्थीहरुलाई सम्मान पनि गरिने छ। घेदुङ्का कोषाध्यक्ष पासाङ लामाका अनुसार यस वर्षको माघ ३० गते पर्न गएको सोनाम ल्होछारको अवसरमा माघ २४ गते सो कर्यक्रम गरिने भएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्गको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा करिव साढे २ लाख खर्च हुने अनुमान गरिएको छ । जसका लागी एक लाख पचास हजार गाउँपालिकाले विनियोजन गरेको छ भने बाँकी घेदुङ सङ्घ इच्छाकामनाले बेहोर्ने सङ्घका कोषाध्यक्ष लामाले जानकारी गराउनु भएको छ। माघ २४ गते हुन गईरहेको ल्होछार कर्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने बताइएको छ।

images
images

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - २२:४३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology