Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

इच्छाकामना न्युज

१७, मंसिर २०८०
पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ
images

काठमाडौं । बलात्कारको झुटा जाहेरी दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा प्रहरीले ३१ वर्षीया महिलालाई प्रकाउ गरेको हो ।

images
images

नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी उक्त महिला र नाम परिवर्तन रमेश विरुद्ध घटना झुटो भन्दै भन्दै विशाल (नाम परिवर्तन) ले जाहेरी दिएका थिए ।

महिलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

सरकारी वकिलसँगको बयानमा महिलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । २/३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि उनले महिलाले बताएकी छिन् ।

रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको उनले दाबीगरेकी हुन् ।

उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । प्रहरीले फरार रहेका रमेशको खोजी गरिरहेको छ । सूचना स्रोतः नेपाल प्रेस

images
प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - २२:२५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology