Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

images

एजेन्सी

१६, मंसिर २०८०
इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता
images

काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् ।

गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ ।

शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो ।

प्रेस स्वतन्त्रता समूहका अनुसार युद्धमा परि ११ जना पत्रकार घाइते, ३ जना बेपत्ता र १९ जना पक्राउ परेका छन् ।

प्यालेस्टाइनले अन्य पत्रकार मारिएको, बेपत्ता वा धम्की दिएको अपुष्ट तथ्यांकमाथि अनुसन्धान गरिरहेको समेत कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - १२:३४:२० बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology