Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

ज्यान मार्ने उद्योगमा गोरखा मकैसिङ बुटारका बिमला चेपाङ पक्राउ

ज्यान मार्ने उद्योगमा गोरखा मकैसिङ बुटारका बिमला चेपाङ पक्राउ

images

पत्रपत्रिका

१२, मंसिर २०८०
ज्यान मार्ने उद्योगमा गोरखा मकैसिङ बुटारका बिमला चेपाङ पक्राउ
images

बुटार । ज्यान मार्ने उद्योगमा प्रहरीले गोरखाका एक महिलालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नं. १ मकैसिङ बुटारका २६ वर्षीय विमला चेपाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।

साथै सोही घटनामा संलग्न रहेको आरोपमा चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वडा नं.३ फिस्लिङ्गका २५ वर्षीय मन्दिप चेपाङ विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । हाल फरार रहेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विहिबार गण्डकी गाउँपालिका–१ कोलडाँडाका २४ वर्षीय सागर गुरुङलाई ज्यान मार्न सुनियोजित ढंगले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका प्रहरीले जनाएको छ ।

पिडितका आफन्तले दिएको जाहेरीको आधारमा पिडक मध्यका बिमला चेपाङलाई आइतबार पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी विमला चेपाङ विरुद्ध सोमबार ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ । उनलाई जिल्ला अदालतबाट हिरासतमा राखी म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ०९:११:१७ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology