Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

विश्वकपको उपाधि अष्ट्रेलियाको हातमा

विश्वकपको उपाधि अष्ट्रेलियाको हातमा

images

एजेन्सी

४, मंसिर २०८०
विश्वकपको उपाधि अष्ट्रेलियाको हातमा
images

काठमाडौँ । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । 

newskarkahna-news5941011._IHzL7kSOFU_lelprwvgnfnbvjcqgmzxule0ixokmsvarv0dq0dngdltp0zan0fxodu0eqvj.jpg

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ ।

newskarkahna-news5941010._R6fkIBlcwj_dnnso5xadhgdlwrbbvwbd8yy2uj1erfchk0tex1zuapvb203d71w6c8niibl_W7a1kLJllK_zjt0rg7mip2loqhuh6pfazsiu5xskit6fvbjhi9ybjnp9wc2yjyqjbdxbmxu.jpg

यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ । यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो ।

 

images
प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - ०९:४३:५९ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology