कुुरिनटार । पुस्तक विमोचन तथा श्रष्टा सम्मान गद इच्छाकामना साहित्य प्रवाहले ११५ औँ लक्ष्मी जयन्ती मनाएको छ । शुक्रबार कुरिनटारमा एक कार्यक्रमको अयोजना गरि साहित्य प्रवाहद्वारा प्रकाशित इच्छा दर्पण पुस्तक विमोचन तथा स्रष्टा सम्मान गरि लक्ष्मी जयन्ती मनाएको हो ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख अतिथि तथा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालको विशिष्ट तथा वडा नम्बर ४ को वडाध्यक्ष रुद्र उप्रेती, ३ का वडाध्यक्ष नर नर बहादुर नेपाल, महाकाव्यका लेखक नारायणप्रसाद पोखरेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस साहित्य प्रवाहलाई यस ठाउँसम्म ल्याउन सफल भएकोमा बधाई दिदैँ यस संस्थाले गरेको कामको सम्मान र कदर गर्ने बताए । साहित्य समाजको ऐना भएकाले यस संस्थाले समाजको सकरात्मक परिवर्तनका लागि ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै भाषा धर्म संस्कार संस्कृति हराउँदै गएको बेला यस संस्थाले संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
बालबालिकाहरुलाई लक्ष्मीप्रसाद देवकोटा जानकारी दिने काम गरेकोमा साहित्य प्रवाहलाई धन्यावाद दिदैँ गाउँपालिकाको साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।
यसैबिच कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले यस संस्थाले लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने काम गरेको बताए । उनले यस संस्थाको प्रगतीको कामना गरे ।
कार्यक्रममा महाकवी लक्ष्मीप्रसाद देवकोटाको जीवनी बारे प्रकाश पार्नुका साथै सर्वशान्ति माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरु राजकुमार दमै, रुपा प्रजा र सुनिता चेपाङले कविता वाचन गरेका थिए । सो अवसरमा श्रष्ट्रालाई सम्मान समेत गरेका थिए । महाकाव्यकार नारायणप्रसाद पोखरेललाई सम्मान गरिएको हो ।
अक्षय कोष स्थापना
यसैबिच इच्छाकामना साहित्य प्रवाहले अक्षय कोष स्थापना गरेको छ । संस्थापकहरुबाट संकलित २ लाख ५१ ह्जार १५१ रुपैयाँको अक्षय कोष स्थापना गरेको हो । उक्त अक्षयकोषबाट प्रत्येक साहित्यकारहरुलाई विभिन्न विद्यामा पुरस्कार वितरण गर्ने प्रवाहका अध्यक्ष एकराज शर्मा पोखरेलले जानकारी दिए ।
यसैबिच विभिन्न व्यक्तिहरुले विभिन्न शिर्षकमा अक्षय कोष स्थापना गरेका छन् । चितवनको इच्छाकाममना ४ कुरिनटार निवासी समाजसेवी ध्रुब घिमिरेले बुबा डोल बहादुर घिमिरे र आमा राधिका घिमिरेको नाममा साहित्यक पुरस्कारका लागि रु १ लाख ५१ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । त्यसै गरि प्रवाहका संस्थापक अध्यक्ष तथा सल्लाहकार कवि कृष्णप्रसाद पोखरेलले स्वर्गिय हजुरबुबा हरिलाल तथा हजुरआमा हिमादेवी पोखरेलको नाममा साहित्यक पुरस्कार शिर्षकमा १ लाख १ हजार १ रुपैयाँ अक्षय कोष स्थापना गरेका छन् ।
पूर्व शिक्षक कृष्णप्रसाद सिलावलले स्वर्गिय बुबा शिव प्रसाद सिलवाल र स्वर्गिय बहिनी सरस्वती सिलवालको नाममा १ लाख ५ हजार ५११ रुपैयाँको साहित्यक पुरस्कार शिर्षकमा अक्षयकोष स्थापना गरेका छन् ।
समाजसेवी तथा पूर्व दारेचोक गाविस अध्यक्ष देश बहादुर थापा तथा प्रेम कुमारी थापाले १ लाख १ हजार ३०० रुपैयाँ र पूर्व शिक्षक तूलसी प्रसाद खनालले ५१ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
सर्वशान्ति माविका प्र.अ. जोहन खरेल, शिक्षक सुजन सापकोटा, समाजसेवी ध्रुवराज त्रिपाठी, नारायणप्रसाद पोखरेल, तूलसीप्रसाद खनाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, लगायतले शुभकमना मन्तव्य राखेका थिए । सो अवसरमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
प्रवाहका अध्यक्ष एक शर्मा पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष रामनाथ त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका सचिव शंकर सिलवालले सञ्चालन गरेका थिए ।