Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको जीत

आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको जीत

images

एजेन्सी

२२, कार्तिक २०८०
आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको जीत
images

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तान विरुद्ध तीन विकेटको जित निकालेको छ ।

भारतको मुम्बईस्थित वान्खडे रंगशालामा मंगलवार राती सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर पुरा गर्यो ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । ९१ रनमा सात विकेट गुमाउँदा अस्ट्रेलियाको खातामा मिचेल मार्सले २४, ओपनर डेविड वार्नरले १८ र मार्नुस लाबुसचेग्नले १४ रन जोडे ।

यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका नवीन उल हक, अज्मतुल्लाह ओमरजाई र राशिद खानले समान दुई विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५९ ओभरमा पाँच विकेट गुमाएर २९१ रनको योगफल तयार पारेका थियो ।

अफगानिस्तानका इब्राहिम जद्रानले १२९ रनको अविजित इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । राशिद खानले ३५, रहमत साहले ३०, हस्मतुल्लाह साहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र रहमनुल्लाह गुर्बजले २१ रन जोडे । जितसँगै सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलियाले आठ खेलबाट १२ अंक जोडेको छ ।

अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । यो हारले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - ०७:२८:३० बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology