Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

इच्छाकामना न्युज

१७, कार्तिक २०८०
आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
images

काठमाडौं । सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ। 

images
images

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो। 

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ।

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरूको महान पर्व दशैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो। 

त्यसकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो। 

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झन्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०८:३९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology