Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

images

एजेन्सी

१०, कार्तिक २०८०
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
images

बेइजिङ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो।

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८० शुक्रवार - ०९:०६:०५ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology