Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रेशम गुरुङको ‘चुलबुले कानछी...’ सार्वजनिक (भिडियो सहित)

रेशम गुरुङको ‘चुलबुले कानछी...’ सार्वजनिक (भिडियो सहित)

इच्छाकामना न्युज

१६, माघ २०७७
रेशम गुरुङको ‘चुलबुले कानछी...’ सार्वजनिक (भिडियो सहित)
images

मौलिक चुट्का गीत सिर्जना गर्न माहिर सर्जक रेशम गुरुङको शब्द तथा लयमा नयाँ मौलिक चुट्का गीत ‘चुलबुले कानछी...’ सार्वजनिक भएको छ। केहि दिन अघि हाईलाइट्स नेपालको युट्युब च्यानल मार्फत गीत सार्वजनिक भएको हो।
गीतमा दिपक लामाको प्रस्तुतिमा मिन गुरुङ, बिना भट्टराई, तेजेन्द्र दुरा र बबिता गुरुङको सुमधुर आवाज रहेको छ ।
यस्तै मौलिक कौडा चुट्का गीत ‘चुलबुले कानछी...” गीतमा दुर्गा गुरुङको एरेन्ज, भेष गुरुङ र पिटर गुरुङको छायांकन, बिष्णु हरि तिमिल्सिनाको सम्पादन, पर्सन गुरुङको निर्देशनमा तयार भएको हो ।
साथै, मान बहादुर बराल मगरको मिक्सिङ,  दिपेन्द्र गुरुङको प्रोग्रामिङ रहेको छ भने उर्मिला गुरुङ, दिपक लामा, निशा  गुरुङ, बिनिता  गुरुङ, राजु  गुरुङ र सन्जु गुरुङको अभिनय  रहेको छ ।

images
images

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १०:२६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology