Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चीनका रक्षामन्त्री ली बर्खास्त

चीनका रक्षामन्त्री ली बर्खास्त

images

एजेन्सी

८, कार्तिक २०८०
चीनका रक्षामन्त्री ली बर्खास्त
images

चीनले रक्षामन्त्री ली साङ्फुलाई बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन र नयाँ रक्षामन्त्री को हुने भन्ने घोषणा पनि गरेको छैन । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि रक्षामन्त्री बर्खास्तीमा परेका हुन्।

गत जुलाईमा सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई पनि बर्खास्त गरिएको थियो । उनको बर्खास्तीपछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ ।

रोयटर्सका अनुसार गत महिना रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएका थिए । उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए।

images
प्रकाशित मिति :कार्तिक ८, २०८० बुधवार - ०७:५१:१४ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology