धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जवाङ गाउँको एक घरमा आगलागी भएको छ । स्थानीय सोम बहादुर चेपाङको घरमा आज दिउँसो करिब ३ बजेतिर एक्कासी आगलागी भएको हो ।
आगलागीका कारण मानवीय क्षति नभए पनि घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी उत्तम घलेले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परि घर, अन्नपात, लत्ताकपडा लगायत घरभित्र रहेका सबै सामाग्री नष्ट भएको छ ।
यतिबेला पिडित सोम बहादुर चेपाङको परिवार छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको पनि उहाँले बताउनुभयो ।